काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

महाधिवेशन सुरू हुनुअघि पौडेल निवासमा नेताहरूको जमघट

4.76K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन सुरू हुने अन्तिम समयसम्म संस्थापनइतर समूह साझा उम्मेदवारका लागि कसरत जारी राखेको छ । महाधिवेशन उद्घाटन समारोह सुरू हुनुअघि केही नेताहरू बोहराटारस्थित वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भेला भएका छन् ।

पौडेल निवासमा अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू छलफलमा जुटेका हुन् ।

संस्थापनइतर समूहबाट पौडेलसहित प्रकाशमान सिंह र शेखर कोइरालाको दाबी रहेको छ । पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा केही नेताहरूले प्रयास जारी राखेका छन् । यद्यपि, प्रकाशमान सिंहले आफू उम्मेदवारीबाट पछि नहट्ने बताइरहेका छन् ।

आजै संस्थापनबाट अलग भएर उम्मेदवारी दिएका विमलेन्द्र निधिले पौडेलको नाममा सर्वसम्मत भए आफूले स्वीकार्ने बताएका छन् ।

IME
khanepani