भाजपा नेताले भने, एउटै मञ्चमा यतिधेरै पूर्वप्रधानमन्त्री पहिलोपटक देखेँ

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुभकामना दिन आएका भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले एउटै मञ्चमा यतिधेरै प्रधानमन्त्री पहिलोपटक देखेको बताएका छन् ।

नेपाली कांग्रेसलाई शुभकामना दिन सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालतिर इसारा गर्दै उनले आफूले कहिले पनि यस्तो नदेखेको बताए ।

त्यस्तै उनले एउटा पार्टीको कार्यक्रममा सबै पार्टीका प्रमुख नेताहरू उपस्थित हुनु पनि आफ्ना लागि नयाँ विषय भएको बताए ।

उनले नेपाल-भारत सम्बन्ध आलौकिक भएको समेत बताए ।

२४,मंसिर.२०७८,शुक्रबार १५:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्