काठमाडौँ । नुवाकोट- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका...

पुरा पढ्नुहाेस्

एक्लै हिड्ने अहंकारले ओरालो लागिन्छ, गठबन्धन टुट्नु हुँदैन: प्रचण्ड

4.91K
shares
khanepani bord

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै हिँड्न नहुने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै प्रचण्डले अहंकार गर्नेहरुको ओरालो यात्रा शुरु भएको स्मरण गराए।

‘हामी एक्लै हिँड्ने अहंकार कसैले नगरौं,’ प्रचण्डले भने, ‘हामीले राजनीतिक प्रतिष्पर्धा गरे पनि त्यहाँ भित्र एकता गर्नैपर्ने हुन्छ । जसले अहंकार देखायो, त्यसको ओरालो यात्रा शुरु भयो भन्ने नेपालको इतिहासले देखाएको छ।’

प्रचण्डे अहिले प्राप्त भएको उपलब्धी पनि गठबन्धनबाटै प्राप्त भएको भन्दै अब पनि त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

IME
khanepani