सभापतिको साझा उम्मेदवार तय गर्न पौडेल पक्षको निर्णायक बैठक बानेश्वरमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अनुपम फुडल्याण्ड बानेश्वरमा सुरु भएको छ ।
१४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवारको टुंगो लगाउन बैठक बसेको हो । सभापतिको साझा उम्मेदवार तय गर्न यो नै निर्णायक बैठक हुने नेताहरुले बताएका छन् ।

संस्थापन समूहबाट वर्तमान सभापति शेरबहादुर देउवा नै सभापतिका एक्ला दावेदार देखिएपनि इतर पक्षबाट धेरै आकांक्षी छन्
नेता कार्यकर्ताहरुले देउवासँग प्रतिस्पर्धा गर्न एकजना मात्रै सभापतिका लागि अगाडी बढ्नुपर्ने दबाव दिइरहेका बेला नेताहरु निरन्तर छलफलमा छन् ।

इतर समूहबाट अहिले वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइरालाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

शशांकले पौडेलका लागि आफू ‘ब्याक’ तयार भएको बताएपनि शेखर र प्रकाशमानले भने आफ्नो दावी छाडेका छैनन् ।

आजबाट सुरु भएको महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले समेत आफू सभापतिमा लड्ने बताइसकेका छन् । यद्यपि उनले पौडेल साझा उम्मेदवार बन्ने अवस्थामा आफू बाधन नबन्ने पनि बताउँदै आएका छन् ।

२४,मंसिर.२०७८,शुक्रबार १९:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्