काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

केपी ओली राजतन्त्र फर्काउन चाहन्छन्ः माधव नेपाल

5.14K
shares
khanepani bord

रुपन्देही । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भूत जोगाउने कोसिस भइरहेको र त्यसको संरक्षण नेकपा एमाले तथा केपी ओली समूहले गरेको आरोप लगाएका छन् ।

समाजवादी प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने– भूतको संरक्षण सुरु भएको छ, सलबलाउन र सहकार्य गर्ने भनेर वाणीहरु आइरहेको छन्, केही गतिविधि सुरु भएका छन्, यसले अग्रगामी शक्तिहरुलाई थप बलियो बनाउँछ ।

एमाले, राप्रपा र पूर्वराजाप्रति आक्रोशित बनेका नेता नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई भने– किन बरबराएको ? चुपचाप बस्ने, नभए राप्रपामा आएर राजनीति गर्ने कि नयाँ दल खोल्ने ।

इतिहासमा हराएका शक्तिलाई खोजीखोजी ल्याउने प्रयत्न नगर्न राप्रपा र एमालेलाई आग्रह गर्दै उनले आन्दोलनबाट प्राप्ति उपलब्धीलाई असफल पार्न कसैले नसक्ने बताए ।

त्यस्तै उनले राष्ट्रियसभा चुनावमा गठबन्धन मिलेर उम्मदवारी तयार गर्ने समेत बताए । कतिपयले गठबन्ध टुटाउने प्रयाससमेत गरेको बताउँदै गठबन्धन नटुट्ने उनको भनाइ छ ।

नेता नेपालले भने – ‘केपी ओलीविरुद्धको गठबन्धन एउटा मोर्चा हो, यो मोर्चा टुटाउन केही व्यक्ति लागेका पनि छन्, विषबमन पनि गरेको सुन्छौं गठबन्धनका विषयमा तर ख्याल रहोस् आगामी सबै तहका निर्वाचनमा ढुक्कसँग गठबन्धन कायम रहन्छ, एमालेलाई खोज्ने बनाउँछौं ।’

IME
khanepani