प्रकाशमान र सुजाता एकै ठाउँमा, कोइराला परिवार फुट्यो
वि.सं.२०७८ मंसिर २५ शनिवार ११:४९
shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूह औपचारिक रुपमै विभाजित भएको छ । योसँगै कांग्रेसका संस्थापक कोइराला परिवारसमेत तितरवितर भएको छ ।
संस्थापनइतर समूहका प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गर्न लाग्दा कोइराला परिवारकी एक सदस्य सुजाता कोइराला पनि प्रकाशमानलाई समर्थन गर्न पुगेकी छन् ।
उनी प्रकाशमानको प्यानलबाट उपसभापतिको उम्मेदवार बन्ने भएकी छन् । कोइराला परिवारका तीन सदस्यमध्ये शशांक कोइराला र शेखर कोइराला सभापतिका दाबेदार थिए ।
शशांकले रामचन्द्र पौडेललाई छाडे पनि शेखर दौडमै छन् ।
























