कांग्रेस संस्थापन पक्षले टुंग्यायो प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेशबाट प्रतिनिधित्व गर्ने र समावेशीतर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवार टुंग्याएको छ ।

प्रदेश १ बाट अमृत अर्याल (मोरङ), आनन्द सन्तोषी राई (धनकुटा) र महिलामा महिन्द्र लिम्बु (झापा) लाई उम्मेद्वार भएका संस्थापन पक्षका एक नेताले बताए ।

त्यस्तै प्रदेश २ बाट रमेश रिजाल (पर्सा), आनन्द ढुंगाना (धनुषा) र महिलामा चित्रलेखा यादव (सिरहा) उम्मेदवार बनाउने निर्णय भएको छ ।

बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित (काठमाडौँ), ध्रुव अधिकारी (नुवाकोट) र महिलामा उर्मिला केसी (ललितपुर) उम्मेदवार बन्ने भएका छन् ।

गण्डकीबाट ध्रुव वाग्ले (तनहुँ), सोभियतबहादुर अधिकारी (कास्की) र महिलामा सरस्वती तिवारी (स्याङ्जा), लुम्बिनीबाट देवेन्द्रराज कँडेल (नवलपरासी पश्चिम), चन्द्र केसी (गुल्मी) र महिलामा शिला शर्मा खड्का (दाङ) लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

त्यस्तै कर्णालीमा कणर्बहादुर बुढा (डोल्पा), राजीवविक्रम शाह (जाजरकोट) र महिलामा जानकी सिंह (सुर्खेत) तथा सुदूरपश्चिम प्रदेश सदस्यमा डा. रणबहादुर रावल (कैलाली), यज्ञराज जोशी (कञ्चनपुर) तथा महिलामा सुशीला भट्ट (कैलाली) लाई उम्मेदवार बनाइने भएको छ ।

प्रदेशबाट दुई पुरुष र एक महिला केन्द्रीय सदस्य बन्ने प्रावधान विधानमा छ ।

त्यस्तै मुस्लिम कोटाको केन्द्रीय सदस्यमा अब्दुल रज्जाक (रुपन्देही), अब्दुल सतार (गोरखा) र सुविदा खातुन (बर्दिया) लाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह (बझाङ) लाई उम्मेद्वार बनाउने निर्णय संस्थापनले गरेको छ ।

त्यस्तै अल्पसंख्यक कोटामा प्रदीप सुनुवार (ओखलढुंगा) लाई उम्मेदवार बनाउने निणर्य संस्थापनले गरेको छ ।

अपाङ्गता कोटाबाट मदनकृष्ण श्रेष्ठ (भक्तपुर) लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।

२५,मंसिर.२०७८,शनिबार १४:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्