शशांक कोइरालाले दिए केन्द्रीय सदस्यमा उम्मेद्वारी

काठमाडौं । नेपाली काँग्रेसका नितर्वमान महामन्त्री डा.शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । डा. शेखर कोइरालाको प्यानललाई समर्थन गर्दै शशांकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

१२औं महाधिवेशनबाट महामन्त्री निर्वाचित शशांक सभापतिकै दावेदार थिए । तर उनले शेखरलाई समर्थन गरेका छन् । शशांक भन्दा अगाडि शेखरलाई समर्थन गर्दै अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महतले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।

२५,मंसिर.२०७८,शनिबार १६:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्