
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसअघि आफू महामन्त्रीको हकदार भएको बताउँदै आएका कार्कीले आज केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका हुन् ।
महामन्त्रीकै आकांक्षीका रुपमा आफूलाई प्रस्तावित गरेका नेता एनपी साउदले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । दुवै संस्थापन पक्षका नेताहरु देउवाको पदाधिकारी टिममा नअटाएपछि केन्द्रीय सदस्य लड्न तयार भए ।
कांग्रेस केन्द्रीय सदस्यका लागि उद्योगपति विनोद चौधरीको पनि उम्मेदवारी परेको छ । उनले मधेसीतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।
मनोनयन दर्तापछि चौधरीले पत्रकारसाग भने, ‘म पार्टी राजनीतिमा प्रत्यक्षरुपमा होमिएको छु । राजनीतिमा आइसकेपछि दर्शक बनेर बस्ने कुरा भएन । त्यसैले मधेसीतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेको हुँ ।’
प्रतिक्रिया दिनुहोस्