काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता

4.67K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । विश्वकर्माले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए ।

उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका छन् । पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ।

केन्द्रीय सदस्यमा प्रदेश २ बाट आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल भने निर्विरोध निर्वाचित भैसकेका छन्।

IME
khanepani