काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा पूर्वमन्त्री विमला केसीले दाबी

4.04K
shares
khanepani bord

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा पूर्वमन्त्री विमला केसीले दाबी गरेकी छन् । कार्यकारी भुमिका निर्वाह गर्न र पार्टीलाई नयाँ गन्तब्यमा लैजान सक्षम भएकाले अध्यक्षमा दाबी गरेको केसीले बताइन् ।

‘जनयुद्धदेखि देशको हरेक परिवर्तनमा महिलाको महत्त्वपूर्ण भूमिका छ । महिलाको भुमिकालाई मध्यनजर गरेर यसपटक पार्टी नेतृत्वले हामीलाई अबसर दिनुपर्छ,’ केसीले भनिन्, ‘मेरो दाबी अध्यक्ष पदमा छ । अध्यक्ष भएर पार्टीलाई थप गतिशील बनाउँछु ।’

केन्द्रीय सदस्यदेखि पोलिट्ब्युरो सदस्यसम्म बन्न सक्ने क्षमता राख्ने केसीले महिला आन्दोलनलाई उचाइमा लैजान आफ्नाे नेतृत्व आवश्यक रहेको बताइन् ।

उनले पार्टीले महिलामाथि विश्वास गर्ने अवस्था सिर्जना भएको बताउँदै चुनौतीपूर्ण जिम्मेवारी लिएर काम गर्न आफू तयार रहेको बताइन्।

‘मलाई लाग्छ समग्र महिलाको हितमा पार्टीले निर्णय गर्नेछ । पार्टीले सर्वसम्मत नेतृत्व चयन गर्ने भएकोले मेरो दाबी अनुसार जिम्मेवारी दिनेमा बिश्वस्त छु,’ उनी भन्छिन ।

khanepani