काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट...

पुरा पढ्नुहाेस्

नेपाल र स्लोभेनियाबीच आर्थिक सम्बन्ध विस्तार गर्न राजदूत घोसकाे आग्रह

4.49K
shares
khanepani bord

काठमाडौं । भारत र नेपालका लागि स्लोभेनियाकी राजदूत मोताया बोदेब घोसले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिएका छन् । नेपाल उद्योग परिसंघको पदाधिकारीसँगको भेटमा राजदूत घोसले नेपाल र स्लोभेनियाबीचको व्यापार वृद्धि गर्न सकिने क्षेत्रको पहिचान गरी आर्थिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले स्लोभेनियाले दीगो पर्यटनमा उदाहरणीय काम गरेको भन्दै नेपालले पनि यसमा काम गर्न सक्ने बताए । राजदूत घोसले नेपालमा विदेशी लगानीका संभावना रहेका क्षेत्रमा स्लोभेनियाका लगानीकर्ता आकर्षित गर्न आफूले पहल गर्ने बताए ।

‘नेपाल र स्लोभेनियाबीच दुईपक्षीय आर्थिक सम्बन्ध विस्तारका धेरै संभावना रहेका छन्, उनले भने, ‘अब हामीले दुईपक्षीय व्यापार विस्तार एवं लगानी वृद्धिका लागि काम गर्नुपर्छ ।’

छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा कृषि, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा लगानीको ठूलो संभावना रहेको भन्दै स्लोभेनियाका लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरे ।

‘नेपाल सरकारले नीतिगत सुधारका धेरै काम गरेको छ,’उनले भने, ‘विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हो ।’

IME
khanepani