गुट रोज्ने कि विचार ? भन्दै महेश आचार्यले मागे भोट

काठमाडौं । नेपाली कांग्रेसको स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले ‘गुट रोज्ने कि विचार’ भन्दै भोट मागिरहेका छन् ।

१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार भएको मनोनयन दर्ताका बेला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका उनले महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् ।

‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईको विवेकले उचित निर्णय गर्नेछ’, उनले प्रतिनिधिलाई भनेका छन् ।

दुई सदस्य रहेको उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको छ ।

२६,मंसिर.२०७८,आईतवार १२:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्