काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमप्रसाद पाण्डे विजयी

3.64K
shares
khanepani bord

रुपन्देही । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमप्रसाद पाण्डे विजयी भएका छन् । समितिको ११ औं अधिवेशन अन्तरग भएको निर्वाचनबाट ४५८ मत प्राप्त गर्दै पाण्डे विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी टिकाराम गौतमले ३९७ मत प्राप्त प्राप्त गरेका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रतापबहादुर कार्की विजयी भएका छन् । उनले ४७८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कमल घिमिरेले ३७८ मत प्राप्त गरेका छन् । महासचिवमा हरिप्रसाद कंडेल ४६६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनको प्रतिद्वन्द्वी जितबहादुर भाट (जितु) ले ३७५ मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल १ हजार २३ मतदाता मध्य ८६५ मत खसेको थियो । यसैगरी उपाध्यक्ष खुल्लातर्फ खगराज गौतम (बा) विजयी भएका छन् । उनले ४५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी सिद्धार्थ उदयले ३८८ मत प्राप्त गरेका छन् ।

समितिको कोषाध्यक्षमा हरिप्रसाद रिमाल, सचिवमा अर्जुनकुमार भुसाल विजयी भएका छन् । यो समितिमा १ हजार २४ व्यवसायी आवद्ध छन् ।

khanepani