नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै, यसरी हुँदैछ तयारी

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लब गरी तीन स्थानमा एकैसाथ मतदान गराउने तयारी गरेको छ ।

ती स्थानमा अहिले मतदान केन्द्रको निर्माण भइरहेको छ । मतदानका लागि आवश्यक बुथ, मतपेटिका तथा अन्य आवश्यक प्रबन्ध गर्ने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिनेछन् ।

निर्वाचन समितिले मतदान सकिनासाथ सभापतिको मतगणना सुरू हुने जनाएको छ । पहिलो चरणमा कुनै उम्मेदवारले ५० प्रतिशत मत नकटाए सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुनेछ । सभापतिको मत गणना सकिएपछि मात्रै पदाधिकारी र सदस्यतर्फको मतगणना सुरु हुनेछ ।

२६,मंसिर.२०७८,आईतवार १४:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्