काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै, यसरी हुँदैछ तयारी

5.02K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लब गरी तीन स्थानमा एकैसाथ मतदान गराउने तयारी गरेको छ ।

ती स्थानमा अहिले मतदान केन्द्रको निर्माण भइरहेको छ । मतदानका लागि आवश्यक बुथ, मतपेटिका तथा अन्य आवश्यक प्रबन्ध गर्ने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिनेछन् ।

निर्वाचन समितिले मतदान सकिनासाथ सभापतिको मतगणना सुरू हुने जनाएको छ । पहिलो चरणमा कुनै उम्मेदवारले ५० प्रतिशत मत नकटाए सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुनेछ । सभापतिको मत गणना सकिएपछि मात्रै पदाधिकारी र सदस्यतर्फको मतगणना सुरु हुनेछ ।

IME
khanepani