काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

सिटौलाले मागे देउवाका लागि भोट

4.65K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ महाधिवेशन अन्तर्गत सोमबार हुने मतदानका लागि शेरबहादुर देउवाको प्यानललाई भोट मागेका छन् ।

मतदानको अघिल्लो दिन आयोजित कार्यक्रममा सिटौलाले सडकमा बसेर आफूले देउवालाई समर्थन गर्ने बताए । देउवाको टीममा परिपक्कदेखि युवा टिम रहेको भन्दै उनले भने, शेरबहादुर देउवालाई सभापतिमा किन निरन्तरता नदिने ? के बिग्रिएको छ ?’

अनेक विवादका बीच देउवाले पार्टीलाई बचाएको र अब पनि एकतावद्ध बनाउन सकिने उनले बताए । देउवाका लागि भोट माग्दै सिटौलाले भने, ‘ अबको केही महिनापछि चुनाव गर्नुपर्नेछ । सभापतिमा हारेको प्रधानमन्त्री बोकेर चुनावमा जाने ?’

IME
khanepani