मतदानपछि विमलेन्द्र निधिले भने, मेराे जित निश्चित

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन् । मत हाल्न उनलाई ५१ मिनेट लागेको छ ।

मतपत्रमा चिह्न लगाउन आफूलाई ५१ मिनेट लागेको निधिले बताए । पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा भएका कारण आफूलाई मतदान गर्न कुनै झन्जट नभएको उनले बताए ।

उनले भने,नाम रोज्न मलाई गाह्रो भएन् । कसलाई भोट दिने हो भन्ने आफूलाई थाहा छ ।

१३ औं महाधिवेशनसम्म अरुलाई सभापति बनाउन मत दिएको भएपनि यो पटक आफ्नै लागि मतदान गर्दा उत्साहित भएको उनले बताए ।

उनले सभापतिमा आफ्नाे जित सुनिश्चित भएकाे पनि बताए ।

२७,मंसिर.२०७८,सोमबार १४:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्