काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

कांग्रेस निर्वाचनमा दिउँसो ३ बजेसम्म ८ सय बढी मत खस्यो

4.43K
shares
khanepani bord

काठमाडौँ । नेतृत्व चयनका लागि नेपाली कांग्रेसको जारी महाधिवेशनको मतदानमा ८ सयभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

सोमबार बिहान ११ बजेदेखि सुरु भएको मतदानमा दिउँसो साढे ३ बजेसम्म ८ सय ७८ मत खसेको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदानमा भइरहेको छ । कांग्रेस नेता गगन थापाका अनुसार एकजनाले सबै पदाधिकारी तथा केन्द्रीय सदस्यलाई मत खसाल्न करिव १ घण्टा लाग्छ ।

कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न करिब ४ हजार ६ सयजना प्रतिनिधिहरुले मत खसाल्दै छन् ।

IME
khanepani