काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

सरकारले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गर्ने तयारी

3.52K
shares
khanepani bord

काठमाडौं । सरकारले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गर्ने तयारी गरेको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, भैंसेपाटी, ललितपुरमा पुननिर्मित भवन उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न तथा नयाँ श्रम शक्तिको लागि पर्याप्त रोजगारी सिर्जना गर्न सीप तथा उद्यमशीलता अभिवृद्धिका लागि तालिम केन्द्र देशभर विस्तार गर्न लागिएको हो ।

उत्पादनशील रोजगारीका अवसर अभिवृद्धि गरी नागरिकको जीवनस्तरमा सुधार, उच्च र दिगो आर्थिक विकासका लागि व्यवसायिक तथा सीप विकास तालिम केन्द्र तत्कालै प्रदेशस्तरमा लगिने र स्थानीय तहसम्म विस्तार गरिने मन्त्री श्रेष्ठले जानकारी गराए । स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्नसक्ने उद्यमशिल, दक्ष, सीपयुक्त, श्रमशक्ति विकास गरी बेरोजगारी समस्या न्यूनीकरण गर्न तालिम केन्द्र बिस्तार गर्नुपर्ने उनको भनाई थियो ।

आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका सबै समस्या समाधान गर्ने र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न आधार खडा गर्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाए । वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणका लागि छुट्टै संयन्त्र निर्माण गर्न लागिएको पनि उनले बताए । वैदेशिक रोजगारबाट आर्जन भएको सीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमुलक क्षेत्रमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनको भनाई छ ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले नयाँ भवन निर्माण भएपछि तालिम तथा विभिन्न किसिमका परीक्षा संचालन गर्न सहज हुने बताए । २०७२ सालमा भुकम्पका कारण भत्केको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, भैंसेपाटी, ललितपुरको भवन हालै निर्माण सम्पन्न भएको थियो । नौ करोड २४ लाख लागतमा निर्माण भएको पाँच तले भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यन्वयन इकाई ललितपुरले निर्माण गरेको श्रम मन्त्रालयले जनाएको छ ।

khanepani