बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

सदन सुरू हुनुअघि एमाले संसदीय दलको बैठक बस्दै

5.59K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा आजदेखि सुरू हुने संसद बैठकमा आफ्ना सांसदहरू कसरी प्रस्तुत हुने भन्ने रणनीतिबारे छलफल हुनेछ ।

पदीय मर्यादाविपरीत एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै आएको एमाले सांसदहरूले संसद बैठक अवरोध गर्दै आएको छ । पार्टीले कारवाही गरेका सांसदहरू बैठकस्थल प्रवेश गर्न दिएसम्म सदन चल्न नदिने एमालेको अडान कायम छ ।

संसद बैठक दिउँसो २ बजेदेखि सुरू हुँदैछ ।

IME
khanepani