संसदको गतिरोध हटाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । साथै उसले सर्वदलीय/सर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने पनि जनाएको छ ।

आज बस्ने संसद बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा माओवादीको संसदीय दलको बैठक बसेको थियो । सो बैठकले संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने निर्णय गरेको माओवादीका एक सांसदले बताए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई पदबाट हटाइएको सूचना टाँस गर्नुपर्ने माग राखेर एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।

बैठकमा सांसदहरुले एमसीसीबारे राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले सर्वदलीय सर्वपक्षीय सहमतिपछि मात्रै अघि बढ्ने बताएका थिए ।

बैठकले प्रचण्डकै नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ ।

२८,मंसिर.२०७८,मंगलवार १२:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्