महामन्त्रीको मतगणना : गगन र विश्वप्रकाशलाई अग्रता

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ६०० मत गन्दा थापाले ३८१ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले २२८ मत पाएका छन् ।

प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले २८ मत पाएका छन् ।

१,पुष.२०७८,बिहीबार १२:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्