
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा मतगणनाको नतिजा सार्वजनिक भएपछि थापा र शर्माको जितमा खुशी मनाउने ठूलो पंक्ति देखियो ।
मतगणनाको नतिजा सार्वजनिक हुँदा शर्मा सानेपामा नै थिए, उनलाई समर्थकहरुले बाेकेर घुमाएका थिए । त्यस्तै मतगणनाको नतिजा सार्वजनिक भएको केहीबेरमा सानेपा पुगेका थापालाई पनि समर्थकको ठूलो पंक्तिले स्वागत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्