काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता

3.87K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

आज बिहानको भेटमा प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापति देउवामार्फत बधाई तथा शुभकामना प्रदान गरेका प्रचण्डको निजी सचिवालयले जनाएको छ।

सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि दुई नेताबीच छलफल भएको छ । ‘भेटघाटको क्रममा सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो,’ सचिवालयले भनेको छ ।

प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।

khanepani