बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमा प्रचण्ड असन्तुष्ट, प्रधानमन्त्री देउवाको गराए ध्यानाकर्षण

4.59K
shares
khanepani bord

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर प्रचण्डले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीबारे ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

मल्लका अनुसार माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई कांग्रेस सभापतिमा निर्वाचित भएकोमा बधाईसमेत दिएका थिए।

भेटको अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

IME
khanepani