खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार किशोरसिंहले २५७६ मत पाए भने देवराजले २५५९ मत ल्याए ।

किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

२,पुष.२०७८,शुक्रबार १६:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्