काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

साकेलामा देशभर विदा दिन किराँतीहरुको माग

3.94K
shares
khanepani bord

काठमाडौं । किराँती समुदायको महान चाड साकेला उधौली, चासोक तङ्नाम, चासुवा, स्यादार पिदार र भुम्याको अवसरमा पौष ४ गते आइतबार राष्ट्रिय रुपमा सार्वजनिक विदाको माग गरेका छन् ।

सरकारले किराँत समुदायका नागरिकलाई मात्रै हुनेगरी आइतबार सार्वजनिक विदा घोषणागरेपछि किँरात समन्वय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै देशभरी विदा दिन माग गरेकाे हाे ।

किराँत समन्व्य समितिले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर साकेलालाई राष्ट्रिय पर्व घोषणा गर्न पनि माग गरेका छन् ।

साकेलासँगै गुरुङ जातिले मनाउने पुस १५ को तमु ल्होसारमा पनि सार्वजनिक विदा दिन माग सहित प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले बताए ।

सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा र देशैभर सम्वन्धित समुदायलाई विदा दिने निर्णय गरेको छ ।

khanepani