पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि, २५० जना संक्रमणमुक्त,२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,४८३ पीसीआर परीक्षणमा १५८ र २,५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भ्एको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५४२८ रहेको छ ।

३,पुष.२०७८,शनिबार १६:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्