काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज, प्रदेश सम्मेलनको तयारीबारे निर्णय हुने

5.21K
shares
khanepani bord

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो वैठक आज बस्ने भएको छ ।

हिजो कर्णाली प्रदेशका इन्चार्ज यामाल कंडेलको प्रमुख आतिथ्यता रहेको केन्द्रीय सदस्यहरुको बैठकले प्रदेश सम्मेलनलाई ऐतिहासिक बनाउने गरी तयारी गर्ने निर्णय गरेको एमाले नेता गुलावजंग शाहले जानकारी दिए ।

‘माघ आठ गते आयोजना हुने प्रथम सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न छलफल भएको छ,’ उनी भन्छन्, ‘सम्मेलन प्रतिनिधिमूलक हुने छ ।’

सम्मेलनमा करिब सात सय जना सहभागी हुने उनले जानकारी दिए । त्यसबाहेक अन्य समसामयिक विषयमा आज बस्ने प्रदेश कमिटि वैठकले निर्णय गर्ने उनको भनाई छ ।

IME
khanepani