बाँदरझुलाका सुकुम्बासी काठमाडौंमा, लालपूर्जा माग्दै प्रदर्शन
Nepali Janta
वि.सं.२०७८ पुस ४ आइतवार १४:३६
4.91K shares
काठमाडौं । लालपूर्जा पाउनु पर्ने माग राखेर चितवनको बाँदरझुलाका स्थानीयहरु काठमाडौं आएर प्रदर्शन गरेका छन् ।
लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले जानकारी दिए ।