काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरू, माधव नेपाल अनुपस्थित

4.65K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठक बस्न ढिलो भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाहिरिएका छन् । बाहिरिने क्रममा नेपालले ‘अर्काे बैठकमा जान लागेको’ प्रतिक्रिया दिएका छन् ।

बैठक दिउँसो २ बजे तय गरिएको थियो । तर, ज्यापु दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएकाले बैठक सवा एक घण्टा बित्दासम्म सुरू भएको थिएन ।

सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन् ।

प्रधानमन्त्री देउवाले संसद सुचारु गर्ने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । नेकपा एमालेले भने सर्वदलीय बैठकमा नजाने बताइसकेको छ ।

IME
khanepani