काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

3.82K
shares
khanepani bord

काठमाडौं । २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका हुन् ।

प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी बढुवाको सिफारिसमा परेका छन् ।

यसैगरी श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने पनि बढुवाको सिफारिसमा परेका छन् ।

लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ ।

khanepani