माओवादीको प्रदेश २ सम्मेलन सकियो, नयाँ नेतृत्वमा सहमति जुटेन

सर्लाही । सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा (माओवादी केन्द्र) प्रदेश २ को सम्मेलनले नेतृत्व चयन गर्न असफल भएको छ । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नेतृत्वसहित पदाधिकारी चयन गर्न नसकेको हो ।

लामो छलफलबाट नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएको छ ।

माओवादी प्रदेश २ कमिटी संयोजक प्रह्लाद बुढाथोकीका अनुसार जिल्लाका क्रियाशील सदस्य संख्या, पार्टीबाट निर्वाचित जनप्रतिनिधि संख्याका आधारमा प्रदेश कमिटीको पदाधिकारी कोटा तोकिएको हो ।

माओवादी सर्लाही इन्चार्ज अच्युतम काफ्लेदे २५ पुसमा कर्जन्हामा हुन लागेको जयगोविन्द साह स्मृतिसभाको अवसरमा नयाँ कमिटीका सदस्यको नाम घोषणा गर्ने तयारी छ । प्राप्त पदाधिकारीको नाम माओवादी अध्यक्ष प्रचण्डले घोषणा गर्ने छन् ।

५,पुष.२०७८,सोमबार ११:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्