काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

5.21K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी बैठकमा आज दिउँसो १ बजे बस्ने संसद बैठकका कार्यसूचीबारे छलफल भइरहेको छ ।

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई र कृष्णभक्त पोखरेल सहभागी छन् ।

एमालेले संसद बैठकमा विरोध जनाउँदै आए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने सहभागिता जनाउँदै आएको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने जनाएको छ । प्रमुख सचेतक भट्टराईले विरोधको कार्यक्रमलाई निरन्तरता दिने अनलाइनखबरलाई बताए ।

IME
khanepani