
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी बैठकमा आज दिउँसो १ बजे बस्ने संसद बैठकका कार्यसूचीबारे छलफल भइरहेको छ ।
बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई र कृष्णभक्त पोखरेल सहभागी छन् ।
एमालेले संसद बैठकमा विरोध जनाउँदै आए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने सहभागिता जनाउँदै आएको छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने जनाएको छ । प्रमुख सचेतक भट्टराईले विरोधको कार्यक्रमलाई निरन्तरता दिने अनलाइनखबरलाई बताए ।
प्रतिक्रिया दिनुहोस्