बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

माओवादीमा चुनावी ढोका खुल्यो, अब राष्ट्रिय सम्मेलनसम्म पुग्छ : रञ्जित तामाङ

5.29K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी विशेष जिल्ला समितिका अध्यक्ष रञ्जित तामाङले पार्टीमा आन्तरिक चुनावको ढोका खुलेको बताएका छन् ।

सहमति हुन नसकेपछि माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि चुनाव भएपछि अध्यक्ष तामाङले अब राष्ट्रिय सम्मेलनमा पनि चुनाव हुने संकेत देखा परेको बताए ।

उनले भने, ‘बागमती प्रदेशमा चुनावमार्फत नेतृत्व चयन भएसँगै पार्टीमा चुनावी ढोका खुल्यो । अब पार्टीको केन्द्रीय समितिमा पनि चुनाव हुन सक्छ । राष्ट्रिय सम्मेलनमा पनि चुनाव हुने सम्भावना बढेको छ ।’

पार्टीका केन्द्रीय समितिका आकांक्षीहरु धेरै रहेको उल्लेख गर्दै उनले चुनाव गर्दा सहज हुन्छ भन्ने मत बलियो हुँदै गएको बताए । यस्तो मत राख्नेहरुलाई बागमती प्रदेशले चुनाव गरेर बाटो खोलिदिएको उनको भनाइ छ ।

चुनाव नभएपनि माओवादी पार्टीमा गुट वा समूह विगतदेखि रहँदै आएको उल्लेख गर्दै उनले चुनावका कारण पार्टीमा विभाजन आउँछ वा पार्टीमा फरक समूह निर्वाह हुन्छ र असर पर्छ भन्नुले ठूलो अर्थ नराख्ने बताए ।

‘पार्टीभित्र अनेकौं समूह र गुटहरु छन् । चुनाव नगरेपनि पार्टीभित्र गुट बनिहाल्दा रहेछन्’ उनले भने, ‘चुनाव गर्दा दुईवटा गुट बन्लान्। बरु यो असंख्य समूह र भद्रगोल भन्दा त दुई वटा गुटको म्यानेज गर्न सजिलो होला ।’

IME
khanepani