काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

अन्तर्राष्ट्रिय श्रम संगठनको हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदन गर्न माग

4.54K
shares
khanepani bord

काठमाडौं। श्रमिकमाथि कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार अन्त्यका लागि अन्तर्राष्ट्रिय श्रम संगठनको हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदन गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

मंगलबार महिला, कानून र विकास मञ्चले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदनको आवश्यकता’ विषयक कार्यक्रममा बोल्‍दै सरोकारवालाहरुले यस्तो माग गरेका हुन्। उनीहरुले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकमाथि हुने हिंसा र दुर्व्यवहार अन्त्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासन्धि अनुमोदनको लागि श्रम क्षेत्रसँग सम्बन्धित सरोकार भएका निकायले राष्ट्रिय गठबन्धनको समेत निर्माण गरेर काम अघि बढाइएको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए ।

अन्तर्राष्ट्रिय श्रम संगठनकी नेपाल प्रतिनिधि कृपा बस्नेतले १० वटा देशले अनुमोदन गरिसकेको महासन्धि थप १० देशले अनुमोदनका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिइन्। उनका अनुसार दक्षिण एसियाली देशमध्ये पाकिस्तानले महासन्धि अनुमोदनका लागि संसद्मा पेश गरिसकेको छ भने महासन्धि अनुमोदन गर्ने दक्षिण अफ्रिका पछिल्लो देश हो।

यस्तै अधिवक्ता रोशना प्रधानले नेपालले संसद्को चालु अधिवेशनबाट नै महासन्धि अनुमोदन गरेर पठाए पनि तयारीका लागि अझै एक वर्ष समय पाइने भएकाले कार्यान्वयनमा समस्या नहुने बताइन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको हिंसा र दुर्व्यवहार महासन्धि सन् २०१९ जुन २१ को सम्मेलनले पारित भएको हो । कुनै पनि देशले यो महासन्धि अनुमोदन गरेर सङ्गठनको महानिर्देशकको संग्रह गर्न सूचीकृत गरेको १२ महिनापछि मात्र लागू हुने प्रावधान पनि महासन्धिमा राखिएको छ ।

महासन्धि अनुमोदनपछि शारीरिक, मनोवैज्ञानिक, यौनिक, आर्थिक हिंसा र दुर्व्यवहार पनि अन्त्य गर्न सहयोग पुग्नेछ । घरेलु हिंसा र उत्पादकत्वले पनि काम गर्ने क्षमतामा प्रभाव पार्ने भएकाले नेपालले तत्काल महासन्धि अनुमोदन गर्नुपर्ने श्रमिकको माग छ । महासन्धिले कार्यालय, सार्वजनिकस्थल, घर, प्रशिक्षणमा रहेका कामदार र कामको खोजीमा लागेका समेतलाई समेट्ने प्रावधान छ ।

यो महासन्धि हालसम्म विश्वका १० देशले मात्र अनुमोदन गरेका छन् ।

IME
khanepani