पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि, २३२ जना संक्रमणमुक्त, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ भने ८ लाख ९ जहार ३८७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ जना रहेका छन् । जसमध्ये ४ हजार ९९३ जना होम आइसोलेसनमा रहेका छन् भने २४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९५ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८ जना कोरोना संक्रमित थपिएका छन् ।

६,पुष.२०७८,मंगलवार १६:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्