कांग्रेसको प्रदेश २ सभापतिमा रामसरोज र कृष्णको उम्मेदवारी

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्ण यादवको उम्मेदवारी परेको छ ।

रामसरोज प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री हुन् भने कृष्ण पार्टीको रौतहट जिल्ला सभापति हुन् ।

कृष्ण पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन् भने रामसरोज नेता विमलेन्द्र निधिनिकट हुन् ।

यसअघि अधिवेशनको मंसिर १६ गते नै उद्घाटन भएपनि सर्लाहीसहित केही जिल्लाबाट प्रतिनिधि छनोट नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।

मंगलबार उम्मेदवारी दर्ता भएपछि बुधबार बिहानैदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा उम्मेदवारी दिएका दुबै जनाले पार्टीभित्रको गुट, उपगुट हटाउने बताएका छन् । पार्टीलाई एकढिक्का बनाउँदै आगामी निर्वाचनमा पार्टीलाई मजबुत स्थितिमा पुर्‍याइने दुबैको भनाइ छ ।

उम्मेदवारी दर्तापछि पत्रकारसँग छुट्टाछुट्टै कुराकानी गर्दै उनीहरुले पार्टीलाई क्रियाशील र सबल बनाउने प्रतिवद्धता जनाएका छन् ।

६,पुष.२०७८,मंगलवार १७:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्