काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

प्रदेश-१ लोकेसेवाले पहिलो पटक माग्यो अप्राविधिक कर्मचारी

3.91K
shares
khanepani bord

विराटनगर। प्रदेश-१ लोकसेवा आयोगले पहिलो पटक अप्राविधिक कर्मचारीको विज्ञापन खुलाएको छ । स्थानीय तहमा पदपूर्तिका लागि सहायक चौथो र पाँचौं तहका लागि विज्ञापन खुला गरेको हो ।

पुस ५ गते प्रकाशित गरेको विज्ञापनमा जम्मा २७३ कर्मचारी माग गरिएको छ । आयोगले सहायक पाँचौ तहका लागि खुला तर्फ १५१ र आन्तरिक प्रतिस्पर्धामा २२ जनाका लागि विज्ञापन खुलाएको छ ।

सहायक चौथो तहमा एक सय कर्मचारी माग गरेको छ । यी कर्मचारी स्थानीय तहमा खटिनेछन् । पहिलो पटक खुला गरेको अप्राविधिक तर्फको विज्ञापनबाट छनोट भएका कर्मचारी स्थानीय तहमा खटिनेछन् ।

प्रदेश-१ लोकसेवा आयोग विराटनगरका सूचना अधिकारी केदारनाथ रिजालले पहिलो पटक अप्राविधिक तर्फ विज्ञापन खुला भएको जानकारी दिए ।

उनका अनुसार कृषि, भेटनरी, शिक्षा प्राविधिक, इन्जिनियरिङलगायत प्राविधिक तहका लागि विज्ञापन खुलाएको थियो ।

प्रशासन सहायक, लेखा सहायक, आन्तरिक लेखा परीक्षण सहायक,महिला विकास निरीक्षक, सहायक चौथोलगायत पदका लागि विज्ञापन खुलाएको हो। आयोगको विज्ञापन अनलाइनबाट भर्न सकिनेछ ।

khanepani