
। इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा टोटनह्याम र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ ।
गएराति आआफ्नो खेल जितेर उनीहरुले एक अर्कासँगको भेट पक्का गरेका हुन् । चेल्सी र टोटनह्याम सन् २०१५ को फाइनलमा खेलेका थिए । चेल्सीले २-० ले खेल जितेर उपाधि उचालेको थियो । होम एण्ड अवेका आधारमा सेमिफाइनल चरणका खेल जनवरीम हुनेछ ।
आठ पटकको च्याम्पियन लिभरपुल पहिलो लेगमा लेस्टर सिटीविरुद्ध २-० ले जित निकाले पनि गएराति ३-१ ले पराजित भएपछि समग्रमा बराबरी हुँदा पेनाल्टीमार्फत नतिजा छिनोफानो गरिएको हो । पेनाल्टीमा लिभरपुल ५-४ ले विजयी रह्यो ।
यता, टोटनहमले वेष्ट ह्याम युनाइटेडलाई २–१ अन्तरले पराजित हरायो । चेल्सीले ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्यो ।
प्रतिक्रिया दिनुहोस्