काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

भारतको १६ राज्यमा फैलियो ओमिक्रोन, मोदीले बोलाए समीक्षा बैठक

5.38K
shares
khanepani bord

काठमाडौं। कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट भारतको एक युनियन टेरिटरीसहित १६ वटा राज्यमा फेलिएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म दिल्लीसहित १५ वटा राज्य एवं एक युनियन टेरिटरीमा फैलिएको हो ।

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३६ पुगेको छ । यसमध्ये १०४ जना निको वा अन्यत्र गइसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

ओमिक्रोनका सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन् । त्यहाँ हालसम्म ६५ जनामा ओमिक्रोन पुष्टि भएको छ । ओमिक्रोनका संक्रमित धेरै हुने दोस्रो स्थानमा दिल्ली रहेको छ । दिल्लीमा बिहीबारसम्म ६४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

त्यस्तै, तेलाङ्गानामा २४, कर्नाटकमा १९, राजस्थानमा २१ र केरलमा १५ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ ६:३० बजे ओमिक्रोन भेरियन्टका सम्बन्धमा समीक्षा बैठक बोलाएको एएनआईले जनाएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समेत आजै उच्चस्तरीय बैठक डाकेका छन् । उक्त बैठकमा कोभिड-१९ का बिरामीको होम आइसोलेशनलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल भइरहेको भारतीय समाचारमा माध्यमले जनाएका छन् ।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले क्रिसमस र नयाँ वर्ष मनाउन हुने जमघट एवं गतिविधिमाथि प्रतिबन्ध लगाइसकेको छ ।

दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले बुधबार एक आदेश जारी गर्दै डिस्ट्रिक्ट म्याजिस्ट्रेट (डीएम) लाई सबै प्रकारका साँस्कृतिक कार्यक्रम र जमघटमाथि बन्देज लगाएको हो ।

जिल्लास्तरीय प्रशासनिक अधिकारी एवम् दिल्ली प्रहरीलाई उक्त आदेश पालना गर्न भनिएको छ । व्यावसायिक संगठनलाई समेत मास्क नलगाएका मानिसलाई प्रवेशमाथि रोक लगाउन भनिएको छ ।

IME
khanepani