काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री कपका लागि गण्डकीले सुरु गर्‍यो छनोट खेल

5.45K
shares
khanepani bord

पोखरा। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले छनोट खेल सुरु गरेको छ ।

काठमाडाैंमा हुने प्रतियोगितामा प्रदेशबाट सहभागी हुने खेलाडी छान्न जिल्लाबाट टोली झिकाएर पोखरामा प्रतिस्पर्धा गराइएको हो । उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ ।

खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पार्‍यो । तनहुँका अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको कास्कीले ३० ओभर ४ बलमा ६ विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्‍यो ।

कास्कीका अनिल गुरुङले ७० तथा विद्यान श्रेष्ठले ६६ रन जोडे ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले खेलाडी निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । प्रतियोगितामा कास्की, तनहुँ, स्याङजा र नवलपुर गरि ४ टिमको सहभागिता छ ।

IME
khanepani