
काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।
प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले नेपाल प्रेससँग भने, ‘तपाइले जे सुन्नुभयो त्यहि हो ।’
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले उनको मृत्यु संकास्पद भएकाले मृत्युबारे अनुसन्धान सुरु गरिसकेको जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्