हामी पदका लागि मारामार गर्दैनौँ : मातृका यादव

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले राष्ट्रिय सम्मेलनबाट नेताहरुको व्यवस्थापनमा कुनै समस्या नहुने बताएका छन् ।

स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले बहुपदमा जाने निर्णयसँगै नेताहरुको व्यवस्थापनमा कुनै समस्या नहुने बताएका हुन् ।

पुँजिवादीहरुको जस्तो पद ओगट्नका लागि मारामार गर्ने अवस्था माओवादीमा नरहेको उल्लेख गर्दै उनले भने – बहुपदमा जान्छाैँ कुनै समस्या आउँदैन् । त्यो जिम्मेवारी हो । पुँजिवादीहरु जस्तो पद ओगट्न मारामार गर्ने होइन । केन्द्रीय समितिमा छलफल भएर अगाडी बढ्छौँ ।

उनले सम्मेलनबाट राष्ट्रिय अन्तर्राष्टिय अवस्थाको मूल्यांकन र छलफल गरेर सोही अनुसार नीति र नेतृत्व छनोट हुने बताए ।

१०,पुष.२०७८,शनिबार १४:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्