
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको आरोप लगाएका छन् ।
राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
अहिले संसदको प्रमुख प्रतिपक्षी दल एमालेले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेको उल्लेख गर्दै प्रचण्डले कुनै पनि हालतमा विघटन हुन नदिने बताए ।
उनले भने, एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेका छन् । पहिलो पटकको विघटन सडकबाट बदर गर्यौँ । दोस्रो पटकको विघटन अदालतबाट बदर गर्यौँ । तेस्रो पटक पनि प्रयास भइरहेको छ । हामी हुन दिन्नौँ ।
प्रतिक्रिया दिनुहोस्