गाडीको ठक्करबाट मर्निङ वाक हिँडेकी महिलाको मृत्यु

रूपन्देही । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका -१ निलागेटमा आज बिहानै बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेग्मी रहेकी छिन् । परासी स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा रेग्मीको मृत्यु भएको हो ।

उनलाई मर्निङ वाक हिँड्ने क्रममा गाडिले ठक्कर दिएकाे थियाे। दुर्घटनामा घाइते भएका अन्य तीन जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

मृतक रेश्मी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती हुन् । आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात फरार रहेका बसका चालकको र गाडीलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

११,पुष.२०७८,आईतवार १२:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्