अदालतको आदेशपछि प्रदेश पर्यटन बोर्डका पदाधिकारी काममा फर्किए

विराटनगर । अदालतको आदेशपछि प्रदेश पर्यटन बोर्डका पदाधिकारी काममा फर्किएका छन् ।

यसअघिको भीम आचार्य नेतृत्वको सरकारले गठन गरेको प्रदेश पर्यटन बोर्ड राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गरेपछि बोर्डका पदाधिकारीले मंसिर २७ गते उच्च अदालतमा अदालतमा रिट दिएका थिए ।

पुस ८ गते उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारु र मिलनकुमार राईको इजलासले बोर्ड खारेजीको निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरु आइतबार काममा फर्किएका हुन् ।

निवर्तमान मुख्यमन्त्री आचार्यले आफ्नो कार्यकालमा निजी क्षेत्रका ६ पर्यटन व्यवसायीसहित ११ सदस्यीय बोर्ड गठन गरेका थिए । तर उक्त बोर्डलाई वर्तमान सरकारले मंसिर ९ गते खारेज गरेको थियो ।

११,पुष.२०७८,आईतवार १५:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्