काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

रोटरी क्लबको पोलियो अभियानमा ३२ लाख संकलन

4.04K
shares
khanepani bord

चितवन । रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले पोलियो अभियान सहयोग कार्यक्रममा ३२ लाख २३ हजार रुपैयाँ आर्थिक संकलन गरेको छ । कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

सो अवसरमा सहभागी रोटरियनहरुले पोलियो मुक्त अभियानका लागि स्वतस्फूर्त आर्थिक सहयोग गरेका हुन ।

विश्वबाट पोलियो उन्मुलनको लागि रोटरी क्लबहरुले अन्तर्राष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्दै आएका छन् । रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४ वटा क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रम संयोजक पोख्रेलले २० हजार डलर आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएकामा २६ हजार ४ सय २६ अमेरीकी डलर अर्थात ३२ लाख रुपैयाँभन्दा बढी संकलन भएको जानकारी दिए ।

सन् १९८२ बाट रोटरियनहरुले पोलियो उन्मुलनका लागि काम गरिरहेको रिजन ६ का ट्रेनिङ कमिटि चेयर निरञ्जन प्रधानले बताए ।

IME
khanepani