केयूकेएलको महाराजगन्ज शाखा पानी वितरणमा सर्वोकृष्ट, निर्णयक्षमतामा अब्बल प्रमुख के.सी

नेपाली जनता
nepalijanta73@gmail.com

काठमाडौं । काठमाडौं उपत्यकाको खानेपानीको वितरण,व्यवस्थापन, मर्मत सम्भार र रेखदेखको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेड९केयूकेएल०ले गर्दै आएको छ। काठमाडौं उपत्यकामा हिउँदेयाम मंसिर महिनादेखि जेठ महिनासम्म खानेपानीको चरम अभाव देखिने गरेको छ। काठमाडौं उपत्यकामा खानेपानीको माग र आपूर्तिबीच ठूलो खाडल रहदै आएकाले नै खानेपानीको अभाव देखिएको हो। काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिको जिम्मेवारी पाएको निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्दा उपत्यकामा वर्षौंदेखि खानेपानीको अभाव सिर्जना हुँदै आइराखेको छ। काठमाडौं उपत्यकामा पानीको स्रोतको अभाव हुँदा नियमित रूपमा प्रयाप्त पानी वितरणमा कठिनाइ हुँदै आएपनि केयूकेएलको महाराजगन्ज शाखाले भने उपलव्ध भएको पानीको स्रोतलाई आफ्नो क्षेत्रमा भरसक समान रूपमा वितरणको प्रबन्ध मिलाउदै आएको छ। उपलब्ध पानीलाई भरसक गुनासो रहित ढंगले तोकिएको दिन तोकिएकै समयमा पानी वितरण गर्दै आएको पाइन्छ।

केयूकेएल महाराजगन्ज शाखाको प्रमुखमा इञ्जिनियर रमेश केसी आएपछि उपलब्ध पानी तोकिएकै समयमा वितरण गर्ने,खानेपानी पाइप बिग्रेभत्किएको ठाँउमा ७० घण्टा भित्र मर्मत सम्भार गराउने, मिटर रिडिङ नियमित गराउने, बाँकी बक्यौता असुल उपर गर्ने( गराउने, लामो समय खानेपानीको महसुल नबुझाउने ग्राहकको पानीको लाइन काटने, प्रकृया पुराएर छिटो छरितो ढंगले नयाँ खानेपानीको लाइन जोडने जस्ता सेवा प्रवाह हुँदै आएका छन। खानेपानीको महसुल बुझाउन कुनै ढिलासुस्ति नगरि सहज र सरल ढंगले पाँच मिनेट भित्र महसुल रकम तिरेर सेवाग्राही जान सक्ने गरि सेवा प्रवाहमा छिटो(छरितो व्यवस्थापन मिलाइएको छ। यश शाखाका प्रमुख केसीले सिमित स्रोत साधन,बजेट र जनशक्तिको समुचित व्यवस्थापन गरि अधिकतम सेवा प्रवाह गर्दै आएको पाइन्छ। सेवाग्राहीलाई गुनासो रहित ढंगले सेवा दिदै आएको छ। अत्यन्तै कार्यकुशल, क्षमतावान,इमान्दार र केही गरौं भन्ने भावनाका कार्यालय प्रमुखका कारण केयूकेएलको महाराजगन्ज शाखामा सेवा प्रवाहमा आमूल सुधार भएको छ। खानेपानी पाइपहरूको मर्मत सुधारमा पनि तिव्र गतिमा काम हुँदै आएको पाइन्छ। बजेटको र दक्ष जनशक्तिको अभाव हुँदाहुँदै पनि यस शाखामा केसी प्रमुख भएर आएपछि धेरै काम भएका छन्।

केयूकेएलको महाराजगन्ज शाखा अन्तर्गत २०७८ कार्तिक मसान्तसम्म घरायसी धारा जडान ४५ हजार ७ सय ३ वटा, सरकारी कार्यालय र संस्थानहरूमा ३५६ वटा र विभिन्न उद्योग तथा व्यवसायहरूमा ३७५ वटा गरि कुल ४६ हजार ४ सय ३३ वटा धारा जडान गरिएको शाखा प्रमुख इन्जिनियर केसीले जानकारी दिएका छन। यस शाखामा स्थायी कर्मचारी १२२ जना,अस्थायी कर्मचारी २९ जना र करार ज्यालादारी ११ जना गरि कुल १६२ जना कर्मचारी कार्यरत रहदै आएका छन। जसमा प्राविधिक कर्मचारी ९४ जना, अन्य प्रशासनिक कर्मचारी ५७ जना र लेखाका कर्मचारी ११ जना कार्यरत रहेका छन।
यस शाखा अन्तर्गत पानी वितरणको क्षेत्र काठमाडौ महानगरपालिकाको घनाबस्ती देखि टोखा र तारकेश्वर नगरपालिका सम्मको ठुलो क्षेत्र पर्दछ। केयूकेएलका ग्राहक मध्ये करिव एक चौथाई ग्राहक यस शाखाले हेर्दै आएको छ। यस शाखाको पानी वितरणको कार्यक्षेत्र काठमाडौं महानगरपालिकाको वडा नंम्बरहरू१,२,३,१६,२६,२७ र २७ , टोखा नगरपालिका र तारकेश्वर नगरपालिका पर्दछ। यसरी यस शाखा अन्तर्गत पानी वितरणको ठुलो क्षेत्र रहेको छ।

केयूकेएलको महाराजगन्ज शाखामा दैनिक विभिन्न स्रोतहरूबाट खानेपानीको उपलब्धता हुँदै आएको छ। विभिन्न प्राकृतिक स्रोतहरूबाट दैनिक ३ करोड ११ लाख लिटर पानी उपलब्ध हुने गरेको छ। विभिन्न भुमिगत स्रोतबाट २०७८ असोज महिनामा १ करोड ५ लाख ७ हजार लिटर पानी उपलब्ध हुँदै आएको छ। यसरी दैनिक कुल ४ करोड ६ लाख ११ हजार लिटर पानी उपलब्ध हुने गरेको छ।

यस शाखा अन्तर्गत पानीको माग र आपूर्ति बीच ठुलो असन्तुलन रहेको छ। माग दैनिक ६ करोड लिटर छ। तर आपूर्ति भने वर्षादयाम असारदेखि कार्तिकसम्म मुस्किलले ४ करोड ६ लाख ११ हजार लिटर पानी आपूर्ति हुने गरेको पाइन्छ। हिउदयाम मंसिर महिनादेखि जेठ महिनासम्म पानीको स्रोत सुक्दै जाने हुँदा वर्षादयामको आधा भन्दा कम २ करोड लिटर जति मात्र पानी उपलब्ध हुने गरेको पाइन्छ।

केयूकेएलको महाराजगन्ज शाखामा छहरे,पञ्चमाने,अल्ली,बोडे र भण्डरे स्रोतबाट पानी संकलन हुँदै आएको छ। महाराजगन्ज शाखाले यी स्रोतहरूबाट उपलब्ध पानीलाई सबै क्षेत्रहरूमा समान रूपमा वितरण गर्दै आएको छ। वितरण प्रणालीलाई सहज र समान हुने गरि वितरणको व्यवस्था मिलाएको शाखा प्रमुख इञ्जिनियर केसी बताउछन। यस शाखाले तारकेश्वर नगरपालिकाको गोलढुंगा क्षेत्र र अन्य वडाहरूमा सुख्खा याममा दैनिक २(३ घण्टा पानी वितरण गर्दै आएको छ। पानी कम भएको अवस्थामा दैनिक १/२ घण्टा पनि वितरण गर्ने गरेको छ। यसैगरि यो क्षेत्रमा पानी प्रयाप्त हुने वर्षायाममा भने दैनिक १/२ घण्टा बिहान( बेलुका नै पानी वितरण गर्दै आएको छ।
भुमिगत पानीको स्रोत अर्थात ड्रिबटयुबेलबाट निकालिएको पानी प्रशोधन गरि तारकेश्वरको लोकतान्त्रिकचोक,नेपालटार,बसुन्धारा,ग्राण्डी अस्पताल, नयाँबसपार्क,गोगंबु एरिया,काठमाडौं महानगरपालिकाको सामाखुशी क्षेत्रमा दुई दिनदेखि सात दिन सम्ममा तीनदेखि चार घण्टा पानी वितरण गर्दै आएको छ।

यसैगरि बालाजु वितरण प्रणाली अन्तर्गतको पानी काठमाडौं महानगरपालिकाको वडा नं ३, २९, ३० को महाराजगन्ज,लाजिम्पाट नारायणहिटी क्षेत्रमा वर्षादको याममा ५ दिनमा र हिउँदयाममा ९ दिनमा तीन घण्टा पानी वितरणको व्यवस्था मिलाएको छ। यस्तै महाङकालचौर वितरण प्रणालीबाट प्राप्त हुने पानीबाट डिल्लीबजार,पुतलीसडक,बागबजार,रत्नपार्क,ठमेल,असन,ज्याठा जमल आदि क्षेत्रमा वर्षादको याममा ५ दिनमा एक दिन र हिउँदयाममा ८ दिनमा ३/४ घण्टा पानी वितरणको व्यवस्था मिलाउदै आएको छ।

काठमाडौं उपत्यकामा खानेपानीको चरम अभाव छ। बढदो जनसंख्यालाई पानी पुरयाउने पानीको स्रोतको अभाव छ। २ लाख २० हजार भन्दा बढी धारा जडान भएका छन। मेलम्चीको पानी नआइ काठमाडौं उपत्यकामा खानेपानीको अभाव नहटने शाखा प्रमुख केसी बताउछन। केयूकेएलले मेलम्चीको पानी नआउन्जेलसम्मका लागि १३ बटा भुमिगत पानीको ड्रिबटयुबेल जडान गरि थोरै भएपनि पानीको अभाव धान्न योजना अगाडि बढाएको छ। यश कामको दुई महिना भित्र अध्ययन पूरा गरि ड्रिबटयुबेल जडानको काम थाल्ने योजना पनि बनाएको केसीले बताएका छन। सिमित पानीको स्रोतले उपत्यका बासीको मागलाई धान्न सक्ने अवस्था छैन। सतहमुनिको भुमिगत पानीको स्रोतमा केयूकेएल आत्मनिर्भर भएपनि भुमिगत पानीको स्रोतपनि रिचार्ज हुन नपाउदा बर्सेनि घटदै गएको शाखा प्रमुख केसी बताउछन।

काठमाडौं उपत्यकामा दैनिक खानेपानीको माग करिव ४२ करोड लिटर रहेको अनुमान छ। केयुकेएलले दैनिक करिब १२ करोड लिटर पानी वितरण गर्दै आएको छ। १२ करोड लिटर पानी वितरण मध्ये करिव २० प्रतिशत पानी पुराना पाइप संरचनाका कारण चुहावटमै सकिने गरेको छ। वर्षेनी चुवाहट बढ्दै गइरहेपनि केयुकेएलले चुवाहट रोक्नको लागि बजेट अभावका कारण प्रभावकारी योजना ल्याउन सकेको छैन्। जसको कारणले उपभोक्ता खानेपानीको मार खेप्दै आइराखेका छन्।

खानेपानीको माग र आपूर्तिबीच ठूलो खाडल बढ्दै गइराखेकाले उपत्यकामा खानेपानीको अभाव भएको हो। खानेपानीको वितरण राणाकालिन जीर्ण पाइप र भल्भबाट भइरहेको छ। जसबाट ठूलो मात्रामा पानीको चुवाहट भइराखेको छ। अब यी जीर्णप्रणालीलाई सुधार्दै वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाउनुपर्ने केसीले बताए।

उपत्यकामा राणाकालिन जीर्ण पाइपलाइन, भल्भ र पुरानो चावीकै कारणले चुवाहट भइरहेको देखिन्छ। खानेपानीको चुवाहट रोकेर सहज रुपमा खानेपानीको व्यवस्था गर्न योजना बने पनि प्रयाप्त बजेट नछुटिदा त्यति प्रभावकारी हुन सकेको छैन।उपत्यकाबासीको धारामा कतिबेला पानी आउने,कहिल्यै निश्चित हुदैंन,त्यसैले निर्धारित समयसिमाभित्रै पानी उपलब्ध गराउन केयूकेएलले चाहेर पनि स्रोतबाट पानी जम्मा नहुँदा समस्या छ। केयुकेएलले पानीको चुहावट रोकेर उपत्यकाबासीलाई समानुपातिक ढंगले खानेपानीको आपूर्ति गर्नु पर्ने खाँचो रहेको केसीले बताए।

काठमाडौं उपत्यकामा केयुकेएलले करिव २ लाख २० हजार घरघुरीमा पानी उपलब्ध गराउँदै आएको छ। केयूकेएलले अझैपनि समानुपातिक वितरण प्रणालीलाई प्रभावकारी ढंगले अघि बढाउन सकिरहेको छैन। अहिले पुरानो वितरण प्रणाली र मेलम्चीको नयाँ वितरण प्रणालीलाई व्यवस्थित गरेर चुहावट रोक्ने प्रयास गरिरहेको छ ।केयुकेएलका स्रोतका अनुसार राणाकालिन–जीर्ण पाइपलाइन, पुरानो वितरण प्रणाली, बिग्रिएका भल्व , साँचो, प्रेसर, धरातलीय स्वरुपकै कारणले सहज रुपमा खानेपानी वितरण गर्न कठिनाई भैरहेको देखिन्छ। केयुकेएलको महाराजगन्ज शाखाका प्रमुख केसी आफ्नो क्षेत्रमा चुहावट रोक्न, बक्यौता उठाउन र कर्मचारीलाई जिम्मेवारी बनाउन लागिपर्दै आएका छन् ।

उपत्यकामा ट्यांकरमार्फत दैनिक पाँच करोड लिटर पानी खरिदबिक्री हुने गरेको छ । जारमार्फत दैनिक २० लाख लिटर र बोतलमार्फत करिब साढे दुई लाख लिटर पानी किनबेच हुने गरेको तथ्यांक व्यवसायीसँग छ । मेलम्ची खानेपानी उपआयोजनाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने तयारीसाथ मर्मत सम्भार गर्ने काम धमाधम भइराखेको छ। तर पहुँच मात्र पुग्ने सडक बन्न नसकेको अवस्थामा कहिले मेलम्चीको मर्मत सम्भार सकिने र काठमाडौंमा मेलम्चीको पानी आइपुग्ने हो अहिलै भन्न सकिने अवस्था छैन। त्यसैले पनि केयूकेएलले स्थानीय पानीका स्रोतको उपयोग गर्दै र भुमिगत पानीको स्रोतलाई निकाल्दै काठमाडौं उपत्यकाबासीको पानीको मागलाई आपूर्ति गर्नु पर्ने चुनौती रहेको केसी बताउनु हुन्छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १ सय १० लिटर पानी आवश्यक पर्छ । उपत्यकामा करिब ३५ लाख जनसंख्या रहेको अनुमान छ । केयूकेएलकै तंथ्याक आधार मान्ने हो भने दैनिक ४५ करोड लिटर पानीको माग हुन्छ । हाल प्रतिदिन १२ करोड लिटर पानी मात्र केयूकेएलले आपूर्ति गर्दै आएको जनाएको छ । केयुकेएलका अतिरिक्त निजी व्यवसायीले उपत्यकामा पानीको आपूर्ति गर्दै आएका छन् ।

हाल ३४ करोड लिटर पानी मागअनुसार आपूर्ति गर्न नसकिएको केयूकेएल स्रोतले बताएको छ । झन्डै दुई दशकदेखि उपत्यकाका बासिन्दाका लागि ल्याउने भनिएको मेलम्ची खानेपानी आयोजना गत २०७७ चैत्र देखि जेठसम्म तीन महिना सञ्चालन भएर बन्द हुन पुग्यो । अब मेलम्चीको पानी कहिले उपत्यका झर्ने हो, निश्चित छैन ।

केयूकेएलकै आधारमा ३४ करोड लिटर पानीको अभाव छ । यो अभाव निजीक्षेत्रका ट्यांकर र जार व्यवसायी तथा भूमिगत स्रोतले धानेको देखिन्छ ।उपत्यकामा सुक्खा याममा ट्यांकरले दैनिक ५ करोड लिटर पानी आपूर्ति गर्दै आएको उपत्यका खानेपानी स्रोत तथा व्यवसायी संघले जनाएको छ ।

सामान्य अवस्थामा २० लिटर पानी अटाउने जार दैनिक ५० हजार वटासम्म खपत भइरहेको संघले जानकारी दिएको छ । सुक्खा याममा भने ८० हजार वटासम्म जारको पानी खपत हुने गरेको संघले जनाएको छ । उपत्यकाका शहरी र घनाबस्ती भएका क्षेत्रमा खानीपानीको चरम अभाव छ । यो क्षेत्रमा सातामा एक पटक २ घन्टा मात्रै खानेपानी आउँने गर्दछ ।

स्थानीयबासीका अनुसार बालुवाटार, वसुन्धरा, नयाँबजार, गोंगबु, महाराजगन्ज, ठमेल, नक्साल, हाँडीगाउँ, सामखुसी लगायत क्षेत्रमा खानेपानीको चरम अभाव छ । यी क्षेत्रमा कम पानी जान्छ । जसका कारण यहाँ कतिपय मानिस जार र ट्यांकरको पानीको भरमा बाँच्न विवश छन् ।

यस्तै बौद्ध, महांकाल, चुच्चेपाटी, चाबहिल क्षेत्रमा पनि ९ दिनमा एकपटक खानेपानी वितरण हुन्छ । त्यस्तै, त्रिपुरेश्वर, कालिमाटी, डल्लु आसपासका क्षेत्रका घरमा सातामा एकपटक केयूकेएलले उपलब्ध गराउने पानी आउँछ । ललितपुरको कुपन्डोल, जावलाखेल लगायतका क्षेत्रमा पनि समस्या उस्तै छ । मेलम्चीजस्ता धेरै खानेपानीका आयोजना अलपत्र छन् । यस्ता आयोजना समयमा नसकिँदा पानी अभाव अझ बढ्दै जाने सरोकारवालाको भनाइ रहेको छ ।

नयाँ टयुबेल जडान हुने

मेलम्चीको पानी आउने मिति अनिश्चित बनेसँगै केयूकेएलले भुमिगत नयाँ ट्युबेल निर्माण गर्ने तयारी अघि बढाएको छ ।
मेलम्चीको पानी आउने समय अनिश्चित बनेपछि उपत्यकामा देखिएको खानेपानीको हाहाकारसम्बन्धी समस्या समाधान गर्न नयाँ ट्युबेल खन्ने तयारी अघि बढाएको छ । मागअनुसारको खानेपानी आपूर्ति व्यवस्थापन हुन नसक्दा उपत्यकामा खानेपानीको समस्या बढ्दै गएको र समस्या समाधान गर्न र खानेपानीको आपूर्तिलाई सहज बनाउन थप ट्युबेल निर्माणको काम थालनी गर्ने तयारी गरेको छ । भुमिगत ट्युबेलको पानीलाई प्रशोधन गरेर पाइपलाइनबाटै वितरण भइरहेको छ । केयूकेएलले अब नयाँ ट्युबेल निर्माणको काम थालनी गर्न नपर्ला मेलम्ची आएसँगै आपूर्ति सहज होला भन्ने लागेको थियो, तर मेलम्चीको पानी कहिले आउने भन्ने टुंगो लागेको छैन, त्यसैले खानेपानीको मागअनुसारको आपूर्ति केही सहज गर्न नयाँ ट्युबेल खन्ने तयारी गरेको छ । मेलम्चीको १६ करोड लिटर खानेपानी आए पनि ट्युबेल त चाहिन्छ। मेलम्चीको सबै चरणको काम सम्पन्न भएपछि ५१ करोड लिटर पानी थप हुने छ। त्यसपछि भने केयूकेएलले सतहमुनिको पानी चलाउनु पर्दैन केसी भन्छन।
केयूकेएलका अनुसार चालू आर्थिक वर्षमा १३ वटा ट्युबेल निर्माण गर्ने लक्ष्य रहेकोमा टोखामा १, नरेफाँटमा १, सानेपामा १ वटा ट्युबेल निर्माणको काम सम्पन्न भैसकेको छ । ती ट्युबेलबाट दैनिक करिब ३० लाख लिटर पानी उत्पादन भइरहेको केयूकेएलले जानकारी दिएको छ । बाँकी मध्यपुरमा १, लोकन्थलीमा १, तार्केश्वरमा २, बूढानीलकण्डमा २, महालक्ष्मीस्थान १, ललितपुर १, भक्तपुरमा र चाँगुनारायणमा एक(एक गरी १० वटा ट्युबेल निर्माणको काम छिट्टै थाल्ने तयारी भइरहेको छ ।

हाल यी स्थानमा जमिनमुनि पानी भए-नभएको विषयमा अध्ययन भइरहेको छ ।
केयूकेएलका अनुसार उक्त ट्युबेलबाट करिब एक करोड लिटर पानी व्यवस्थापन गर्ने लक्ष्य रहेको छ । २५ वटा पुराना ट्युबेल मर्मत गर्ने तयारी पनि भइरहेको छ । उक्त ट्युबेलबाट ५० लाख लिटर थप हुने केयूकेएलले बताएको छ । केयूकेएलको तथ्यांक अनुसार हालसम्म १०१ वटा ट्युबेल रहेको र त्यहाँबाट तीन करोड लिटर पानी व्यवस्थापन भइरहेको छ । तर भूगर्भविद्हरूले भने जमिनमुनिको पानीको बढ्दो प्रयोगका कारण उपत्यकाको जमिनको सतह भासिँदै गइरहेको भन्दै चिन्ता जनाएका छन् । सतहमुनिको पानीको लेभल घटिरहेको र यसले जमिनसमेत भासिने खतरा बढाएको भू–गर्भविद्हरू बताउछन। उपत्यकामा धेरै घर बनेर पानी रिचार्ज हुन नपाउदा सतहमुनिको पानी घटेको छ, ढुंगेधाराहरू सुकेका छन्, जमिनमुनीको भण्डारको पानी निकालिएको छ तर पानी हाल्न सकिएको छैन, जमिनमुनि पानीको रिचार्ज बढ्न सकेको छैन। यसले पानी सुक्ने खतरा पनि बढिरहेको छ, मेलम्ची आएपछि जमिनमुनिको पानी केही संञ्चिति हुन सक्छ तर सतहमुनिको पानी संरक्षणका लागि पनि राज्यले नीति लिएर अगाडि बढ्नुपर्ने शाखा प्रमुख केसी बताउछन।
खानेपानी मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै दैनिक ४५ करोड लिटर पानी आवश्यक छ ।
हाल १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । मेलम्चीको पहिलो चरणको आयोजना सुधारको काम सम्पन्न भएपछि १७ करोड लिटर पानी थप हुनेछ । दोस्रो चरणको आयोजना सम्पन्न भएपछि भने पुनः थप ३४ करोड लिटर पानी वितरण हुने सरकारको योजना रहेको छ । मेलम्चीको दुवै चरणको आयोजना सम्पन्न भएपछि काठमाडौंबासीले दैनिक ५१ करोड लिटर पानी पाउँनेछन् ।
मेलम्चीको पहिलो चरणको सम्पन्न आयोजनामा गत असारको बाढी पहिरोले समस्या आएपछि उपत्यकामा खानेपानीको हाहाकार बढ्न थालेको छ । तर खानेपानी मन्त्रालयले २०७८ चैत १५ गतेसम्ममा मेलम्चीको खानेपानी उपभोक्ताको धारामा आउने दाबी गरेको छ । मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्टट्रयाकबाट सम्पन्न गर्ने तयारी भएको छ । चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना मर्मतको काम सम्पन्न गर्दै उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्टट्रयाकको माध्यमबाट आयोजना मर्मतको काम अगाडि बढाउन लागेको छ । मेलम्ची खानेपानी आयोजना सुधारको काम फास्टट्रयाकबाट अगाडि बढाउने तयारी भइरहेको छ ।

१२,पुष.२०७८,सोमबार १२:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: