आयोगको स्थापना दिवसमा निबन्ध प्रतियोगिता हुने

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१औं स्थापना दिवसको अवसरमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ ।

आगामी माघ २८ गते आयोगको ३१औं स्थापना दिवसको अवसरमा ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक निबन्ध लेखन प्रतियोगिता आयोग मातहतका सातवटा कार्यलयहरूमार्फत् हुने आयोगले जनाएको छ ।

आयोगले सूचना सार्वजनिक गर्दै इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत, कञ्चनपुरमार्फत् प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । आयोगले प्रतियोगितामा सहभागिताका लागि अनुरोध गरेको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई आयोगको स्थापना दिवसको दिनको काठमाडौं आयोजना गरिने कार्यक्रममा पुरस्कृत गरिने आयोगले जनाएको छ ।

१२,पुष.२०७८,सोमबार १३:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्